काठमाडौं- नेकपा एमालेका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा गरेको फैसला आफ्नै नजिरको विपरीत भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै यस अघि उस्तै विषयमा अदालतले गरेका फैसलाका कपीहरु राख्दै थापाले अहिलेको फैसला आफ्नै नजिर र व्याख्या विपरित विरोधाभाषपूर्ण भएको उल्लेख गर्नुभएको हो ।
सर्वोच्चले २०७४ असोजमा शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद विस्तारलाई सदर गरेको थियो । त्यस बेला पनि संसद विहिन अवस्था थियो । र,दुई महिनापछि मंसिरमा आम निर्वाचन हुदैथियो ।
यसैगरी अघिल्लो दिन प्रचण्डले गरेको भाषणसँग पछिल्लो दिन सर्वोच्चको फैसला कसरी मिल्यो भनेर प्रश्न गर्नुभएको छ । ‘यो सेटिङ हो कि संयोग,’ थापाको प्रश्न छ । माधव नेपाल र भीम रावलका वक्तव्यसँग फैसला मिल्नुलाई पनि संयोग मात्रै मान्ने कि अरु केही भनेर थापाले टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया