अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयो दाइ, आयो !

आयो दाइ, आयो !


अदालतको परामादेस आई सक्यो
अब आलम बसेको कोठाको भोटेताल्चा पनि गड्याम्म खुल्छ होला
अनि फरार पूर्वमन्त्री पनि बेअदाव
फुक्काफाल हुँदै डुल्छ होला ।

कस्तो उत्साह, उमङ्ग
जोश र जागरका साथ वाचन गर्नु हुन्छ नि !
हजुर त कविता पनि
मच्चियर कस्सियर कराई कराई
अग्रगमन आएको खुसिमा
एउटा कविता लेखेर वाचन गर्नुस् न मेरो दाइ ।

डिंक नतानेका हजुरका कबिताका बान्की
कत्ती शुन्दर लाग्छन मलाई
ओलिलाई बिस्थापन गरे पछि
आफ से आफ अग्रगमन आयो
प्रतिगमनलाई जलाई ।
खोसेर फाली दियो नि है दाजु ?
केपिको हातबाट अदालतले
सम्बिधानमा आगोको पुल्ठो झोस्ने सलाई !!!

बिडम्बना
भालुलाई हृशक देख्ने आँखाहरूले
जब चितुवालाई साकाहारी देख्यो
जनादेश विपरित परमादेशबाट
पिएम छानेको फैशला जब अदालतले लेख्यो
तब मात्र हो देशमा अग्रगमन आएको ।
एक थरीको नजरमा ।

लाग्छ
न्यायालयको यस्तो फैसला गर्ने तरिका सिक्न
अन्य देशबाट बिद्वानहरु नेपालमै आउँछन् होला
अग्रगमन कस्तो हुन्छ , त्यो अलौकिक नमूना हेर्न
विश्वका थुप्रै राजनेताहरू
हाम्रै मुलुकतिर धाउँछन् होला !

हामिले त लोकतन्त्रका असली
मसिहा पाएका छौँ
जताततै उन्मुक्ति र सूक्तिको सुमधुर
धून घन्काएका छौँ
अब त यस्तो लाग्छ
लोकतन्त्र र गणतन्त्र पनि
ढकमक्क फुल्छ र लटरम्म फल्छ होला
पहेलपुर भएर पाक्छ
यस्तो मसिहाकै खोजीमा
सामदाम दण्डभेद सबै हत्कण्डा
प्रयोग गर्न तल्लिनहरु सङ्ग
अब कस्को के लाग्छ ?

प्रतिगमनमा गई नै सकेको थियो देश
अब भने अग्रगमनको यो परिवेश छायो
अब देशमा देउवा युग आयो ।
उसको खाट्टी सहयोगी, सहयात्री
भट्टावालाको गाउँमा हठात चम्क्यो दीपावली
हेर्नुस् कस्तरी सहर्ष कुर्ल्यो खुसीयाली
यही खुसीमा आज
एउटा गज्जबको कविता सुन्न मन छ
मेरो आदरणिय दाइ
सूदुर पूर्वको उदयपुरबाट
अनुरोध गर्दैछ हजुरको एउटा सानो भाइ !

पटक पटक खारियको नेतृत्व
अनुभवको खानी
हाम्रै हार्दिक चाह बमोजिम
स्थापित गरिदियो अदालतले वहाँलाई नै छानी
काङ्रेस अब हाम्रो वर्ग दुश्मन होइन
उसलाई त लोकतन्त्र जोगाउने मित्र शक्ति देखे
दाजु त्यसैले यो खुसीको पलमा मैले
एउटा सानो कविता लेखेँ ।

समय र परिवेस बदलिँदा
दृष्टिकोण र परिभाषा पनि फरक हुँदो रहेछ
तेसैले काङ्रेस लोकतन्त्रको सच्चा पहरेदा हो
उ त साँच्चै नै लोकतान्त्रीक शक्ति हो
उसको स्तुति गाउँन पाउनु नै
हाम्रो परम भक्ती हो ।

लोकतन्त्र र पाटी कुन ठूलो ? भन्ने
जब सवाल उठछ
स्वभाबिक हो कि
लोकतन्त्रको सामु
पार्टी गौण हुन्छ
अनि
वर्ग दुश्मन नजिक हुन्छ
अग्रजहरुको यो दृष्टिकोणले मन हर्षित हुन्छ
दाइ यही मधुर शीर्षकमा
अब एउटा खारियको कविता जाओस्
सकियो ओली युग !!
अब देशमा चारैदिशा शान्ति छाओस् !

हिजो टाउकाको मूल्य तोक्ने अनि
तोकि माग्नेको जोडी जमेको छ
कवि,कलाकार, अदालत ओकिल
सबैको जमात यो खुसीमा
हर्ष विभोर भै रमेको छ ।
साशन, भाषण र रासन को तुलना पक्कै होला
केही समयमा नेपाली जनता अवश्य छक्कै होला !

दाइ ! दाइ भन्दै ,, अचम्मित हुँदै प्रश्न गर्छिन र भन्छिन
अब फेरि
कसरी कुन बान्की र कस्ता शब्द संयोजनमा
लेखिन्छन् होला हजुरको कविता ??
यस्तै यस्तै अनुसन्धानात्मक प्रश्न पोखी रहन्छिन्
युगको दृष्टान्त नियाल्दै मेरो छिमेकी बहिनी सविता !!