अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उर्लाबारीमा एमाले बैठक माधव नेपाल समूहले बिथोल्यो, दर्जनौं कुर्सी भाँचिए, सिसा फुटाइयो

उर्लाबारीमा एमाले बैठक माधव नेपाल समूहले बिथोल्यो, दर्जनौं कुर्सी भाँचिए, सिसा फुटाइयो


काठमाडौं– नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठक माधव नेपाल समूहले बिथोलेको छ ।

मोरङ उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा भएको एमाले संस्थापनको नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने विस्तारित बैठक माधव नेपाल समूहक कार्यकर्ताले घुसपैठ गरेर बिथोलेका एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिनुभयो । विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको उहाँको भनाइ छ ।

बैठकमा एमाले मोरङ अध्यक्ष ऋषिकेस पोखरेललगायत जिल्ला नेताहरुको सहभागिता रहने कार्यक्रम थियो ।

माधव समूहका नगर संयोजक गंगा बास्तोलाले आफूलाई बैठकमा भएको तोडफोडको विषयमा जानकारी नभएको दाबी गर्नुभएको छ ।

तोडफोडबाट दर्जनौं कुर्सी भाँचिएका छन् भने सिसा फुटाइएको छ ।