काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्री छान्न नसक्दा आफू ठूलो तनावमा परेको बताएपछि पूर्वमाओवादी नेतासमेत रहनुभएका विश्लेषक मुमाराम खनालले तनाव व्यवस्थापनको तरिका सिकाइदिनुभएको छ ।
प्रचण्डलाई ट्विटरमा लेख्नुभएको छ, ‘प्रचण्डजी तनावमा हुनुहुन्छ रे । आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे । पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे । १७ महिना जसोतसो व्यवस्थापन गर्नुस् कमरेड, अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र सांसद आउँछन् कुरो मिल्छ ।’
प्रचण्डले हिजो आफ्ना ४९ जना सांसद सबै मन्त्रीको दाबेदार भइदिएपछि आफूलाई ठूलो तनाव भएको सार्वजनिक कार्यक्रममै बताउनुभएको थियो । प्रचण्डले आफ्नो दुखेसो साटिरहँदा मन्त्री हुनुभएका पम्फा भूसाल मञ्चमै हुनुहुन्थ्यो भने मन्त्रीका तीब्र आकांक्षी देवेन्द्र पौडेललगायत पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
प्रचण्डजी तनावमा हुनुहुन्छ रे। आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे। पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे।
सत्र महिना जनतन व्यवस्थापन गर्नुस, कमरेड। अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र संसदमा आउँछन्। कुरो मिल्छ। ?
— Muma Ram Khanal (@MumaRamKhanal) July 24, 2021
मन्त्रीको आकांक्षी नभएका सांसदहरुले पनि दाहालको अभिव्यक्तिप्रति आक्रोस व्यक्त गरेका छन् । आफूहरुलाई एकै घानमा राखेर अपमान गरेको उनीहरुको भनाइ छ ।
५३ सदस्य रहेको माओवादी केन्द्रका ४ जना एमालेमा गएपछि अहिले ४९ जना मात्रै सांसद छन् ।
फेसबुक र ट्विटरमा कतिपयले ४९ जनाभित्रै रहनुभएकी पूर्वमन्त्री एवं दाहालकी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको झोंक फेरेको भन्दै ठट्टा र व्यंग्य गरेका छन् ।
प्रतिक्रिया