अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन पुरस्कारका लागि ९ वटा पुस्तक छनोट

मदन पुरस्कारका लागि ९ वटा पुस्तक छनोट


काठमाडौं– मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि ९ वटा पुस्तक छानेको छ । गुठीका अनुसार कुल २२२ पुस्तकमध्ये ९ वटा पुस्तकलाई मदन पुरस्कार २०७७ का लागि छनोट गरिएको हो ।

‘बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो।

सूचीमा गिरी श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, वैरवबहादुर थापाको ‘नृत्याक्षर’ विज्ञान रहेका छन् ।

यसैगरी, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेशन कुँवरको ‘रमिते’ र भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह’ मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् ।

‘गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको थियो’, गुठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

छनौटमा परेका यी पुस्तकमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ ।