अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारले तुइन काटेको घटना छानबिन गर्न सकेनः मन्त्री लामा

देउवा सरकारले तुइन काटेको घटना छानबिन गर्न सकेनः मन्त्री लामा


चितवन- वागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भारतीय आर्मीले तुइन काटेर आफ्नै देशको मान्छे मर्दा पनि शेरबहादुर देउवा नेतृत्वको संघीय सरकारले सत्यतथ्य पत्ता लगाउन नसकेको बताउनुभएको छ ।

चितवनको राप्तीमा आइतबार आयोजित एक कार्यक्रममा मन्त्री लामाले दार्चुलामा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे संघीय सरकारलाई सत्यतथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।

लामाले भारतले राष्ट्रियता माथि पटक-पटक धावा बोलेको भन्दै सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो ।