अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

छिन्नमस्ता शक्तिपीठबाट चाँदीको मुकुट चोरी, मुकुट खोज्न भारतीय नाका बन्द

छिन्नमस्ता शक्तिपीठबाट चाँदीको मुकुट चोरी, मुकुट खोज्न भारतीय नाका बन्द


सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट चोरी भएको छ ।

भगवतीको मस्तकमा लगाइएको चाँदीको मुकुट आइतबार साँझ सवा ७ बजेतिर चोरी भएको इलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायव निरीक्षक रामपुकार महतोले जानकारी दिनुभयो ।

साँझको बेला पुजारीहरू पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको हो ।

चाँदीको मुकुट चोरी भएपछि व्यापक प्रहरी परिचालन गरिएको छ । चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ ।