काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै इच्छाअनुसार दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको बताउनुभएको छ ।
एमालेमै फर्किएको विज्ञप्ति पनि उहाँकै राजीखुसीअनुसार सार्वजनिक भएको ढकालले बताउनुभयो ।
‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिँड्नु भएको थियो । जबरजस्ती गरिएको होइन,’ ढकालले भन्नुभयो ।
प्रदेशसभा सदस्य वलीले आज बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताउनुभएको थियो ।
प्रतिक्रिया