अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा कोरोना : बढ्यो सङ्क्रमण घटेन मृत्युदर, एकैदिन ४ सय १८ सङ्क्रमित थपिए

झापामा कोरोना : बढ्यो सङ्क्रमण घटेन मृत्युदर, एकैदिन ४ सय १८ सङ्क्रमित थपिए


 

झापा- झापामा सङ्क्रमणको दरसँगै मृत्युको सङ्ख्यामा समेत कमी आउन सकेको छैन । झापामा जिल्ला प्रशासनले सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका बाबजुद पनि कोरोना भाइरस सङ्क्रमण तथा मृत्युदरमा कमी आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले झापासहितका केही जिल्लाहरूमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरिसकेको छ ।

सोही अनुरूप प्रशासनले सङ्क्रमण नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी रहँदासमेत झापामा सङ्क्रमण दर र मृत्युको सङ्ख्यामा कमी आउन सकेको छैन ।

स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लामा सरदर दैनिक ३ जना भन्दा धेरैको मृत्यु भएको देखाउँछ । मृत्यु हुनेमा अधिकांश ३० बर्सभन्दा माथि उमेर समूहका मानिसहरू रहेका छन् ।

झापा जिल्लाको कोरोना सङ्क्रमणको दरलाई हेर्दा तेस्रो लहर झनै भयावह हुनसक्ने भन्दै सजग रहन स्थानीय तथा सम्बन्धित सबैले चासो राख्दै आएका छन् ।

झापामा हिजो बिहीबार ४१८ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म एकै दिन कोरोना सङ्क्रमित भएको यो नै सबैभन्दा धेरै सङ्ख्या हो ।