अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको मृत्यु


स्याङ्जा-स्याङ्जाको गल्याङ नगरपालिका-८ करादीस्थित भित्री सडकमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप सोमबार साँझ करादीस्थित भित्री सडकमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा मृत्यु भएका दुवै जनाको परिचय खुल्न सकेको छैन।

जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन। दुर्घटनामा जिप चालकसहित केही घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि गल्याङ नगर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।