काठमाडौं-सरकारले ४७ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ४७ उपसचिवको सरुवा गरेको हो।
सरुवा भएकामध्ये २१ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ। मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई काठमाडौंको टोखा नगरपालिका, कमल भट्टराईलाई झापाको दमक नगरपालिका र राजन केसीलाई बागलुङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ।
त्यस्तै, टंकराज गौतमलाई दैलेखको दुल्लु नगरपालिका, ईश्वरीप्रसाद शर्मालाई गृह मन्त्रालय र प्रदीपचन्द्र सुवेदीलाई स्याङ्जाको पुतलीबजार नगरपालिकामा सरुवा गरिएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा स्थानीय तहमा जनशक्ति व्यवस्थापनलाई ध्यानमा राख्दै उपसचिवहरूको सरुवा गरेको जनाएको छ। सरुवासँगै विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत हेरफेर भएको छ।


प्रतिक्रिया