अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्तावबाट सरकार पछि हट्यो

स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्तावबाट सरकार पछि हट्यो


काठमाडौं- आफ्नै पार्टीका जनप्रतिनिधीले समेत विरोध गरेपछि स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्तावबाट सरकार पछि हटेको छ ।
सरकारको न्यूनतमा साझा कार्यक्रम बनाउने क्रममा संघीयतालाई भत्काउने नियतले उक्त प्रस्ताव आएको भन्दै व्यापक आलोचना भएको थियो । कार्यक्रममा स्थानीय तहहहरुलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक कार्य गर्ने भन्ने एउटा बुँदा राखिएको थियो । उक्त बुंदा हटाएर आज अपरान्ह सिंह्दरबाट साझा कार्यक्रम सावर्जनिक गरिने नेताहरुले बताएका छन् ।
कार्यदलको सदस्य देब गुरुङले स्थानीय तहलाई प्रदेश मातहत राख्ने प्रस्ताव कार्यदलले नगरेको स्पष्ट पार्नुभएको छ ।

उक्त प्रस्ताव केही दिन अघि कार्यदलका सदस्यहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए । देउवाले सो प्रस्ताव हटाउन निर्देशन दिएपछि सो बमोजिम सच्याएर आज साझा कार्यक्रममा सार्वजनिक हुदैछ ।