अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकवि देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो जवाफ

महाकवि देवकोटाको घर भत्काएको विषयमा सर्वोच्चले माग्यो जवाफ


काठमाडौं– सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनुको कारण पेश गर्न आदेश जारी गरेको छ । सर्वोच्चले आज नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा कारण पेश गर्न आदेश दिएको हो ।

पूरातात्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

रिट निवेदकले घर भत्काउन रोक लगाउन अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले अन्तरिम आदेश दिएन । रिट निवेदनमा पूरातात्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ ।