अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्न : भागबण्डा नमिलेर हो शिक्षामन्त्री नियुक्त नगरेको?

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्न : भागबण्डा नमिलेर हो शिक्षामन्त्री नियुक्त नगरेको?


काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले कक्षा १२ का विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले तत्काल वैकल्पिक उपाय अपनाएर जसरी भएपनि कक्षा १२ का विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाउन माग गर्नुभयो । सरकारले शिक्षामन्त्री नियुक्त गर्न नसक्दा त्यसको असर शिक्षा क्षेत्रमा परेको बताउँदै ओलीले प्रश्न गर्नुभयो, ‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, भागबण्डा नमिलेर होकी अहिलेसम्म शिक्षामन्त्री नियुक्त गर्नुभएको छैन? त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ ।’

कक्षा १२ का ४ लाख बढी विद्यार्थीको भविष्य अन्धकार भएको बताउँदै वलीले भन्नुभयो, ‘१२ कक्षाका ४ लाख बढी विद्यार्थीले जाँच दिन पाएका छैनन्, उनीहरूको भविष्य अन्धकार बन्दैछ, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर हुन्छ कि, वैकल्पिक बाटोबाट हुन्छ कि, सबै विद्यार्थीलाई खोप दिएर हुन्छ, उनीहरुलाई परीक्षा दिने लिने व्यवस्था होस्, ती विद्यार्थीको भविष्य हेरियोस् ।’