अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमण बढेपछि इजरायलले प्रतिबन्ध थप्यो

कोरोना संक्रमण बढेपछि इजरायलले प्रतिबन्ध थप्यो


इजरायल– इजरायलले कोरोनाभाइरसका सङ्क्रमित बढेपछि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । नयाँ प्रतिबन्ध बमोजिम एकै ठाउँमा भेला हुन नपाउने तथा बाहिरबाट आउनेका लागि खोप पासपोर्ट लागू गरेको छ ।

नयाँ ब्यवस्था अनुसार रेष्टुरेञ्ट, बार तथा होटेलमा सीमित ब्यक्ति मात्रै रहन पाउनेछन् । प्रधानमन्त्री नैफ्टली बेनेट्टले स्वास्थ्य निकायलाई अझै राम्ररी सञ्चालनका लागि सहयोग उपलब्ध गराउने बताउनुभएको छ । उहाँले इजरायललाई सयौं ब्यक्तिलाई एकै स्थानमा राखेर उपचार गर्ने थलो बनाउनुपर्ने आवश्यक भएको बताउनुभयो । जसका लागि ७७ करोड ४० लाख डलर विनियोजन गरिएको छ ।

इजरायलमा बुधबार मात्रै पाँच हजार ७५५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । जुन गत् फेब्रुअरी महिना यताकै सबैभन्दा बढी हो ।

सघन उपचार कक्षमा उपचार गराउनेको संख्या मध्य जुनमा १९ रहेकोमा हाल ४०० पुगेको छ । इजरायलमा कोरोना सङ्क्रमणबाट हालसम्म छ हजार ५८० जनाको मृत्यु भएको छ ।