काठमाडौं- नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु– १ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ ।
नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ गरी ल्याएको हो ।
रेड कर्नर नोटिसमा परेको अपराधीलाई नेपाल प्रहरीकै अनुसन्धानमा विदेशबाट पक्राउ गरेर ल्याएको पहिलो घटना हो ।
ढुंगाना नेतृत्वको समूहले सवारी कर्जा लिने बहानामा नक्कली बिलबुक र धनीपुर्जा पेस गरेर काठमाडौं र ललितपुरस्थित देवः विकास बैंकबाट दुई करोड ७१ लाख ७६ हजार ठगी गरेको थियो । ठगी प्रमाणित भएपछि ललितपुर जिल्ला अदालतले १० वर्ष कैद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
प्रतिक्रिया