काठमाडौं- राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ ।
उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । शेरचन हाल मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष तथा विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।
संविधानसभा सदस्य समेत रहनुभएका उहाँ वैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुनुहुन्छ ।
उहाँका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । शेरचनको दिउँसो ११ बजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।




प्रतिक्रिया