काठमाडौं- भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि शनिबार, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो ।
सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।




प्रतिक्रिया