अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन समितिको निर्देशन


काठमाडौं– संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरू भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिनुभएको हो ।

बैठकमा उपस्थित समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।