अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोदी, माओवादी र माधव गठजोड

मोदी, माओवादी र माधव गठजोड


बाघले शिकार गर्दा मृगको झुण्डमा घाइते, कमजोरतिर नजर केन्द्रित गरेझैँ हस्तक्षेपकारी राष्ट्रका आँखा पनि निर्बल देशका कमजोर तन्तुतिर केन्द्रित रहने गर्छन् । भारतले चाहेको अस्थिरता नेकपाको विघटन नगराई सम्भव थिएन । अस्थिरताको जरो उखेल्ने सामथ्र्य राख्ने भएकाले नै विघटित नेकपाको सर्वनाश मोदी प्रशासनको अर्जुनदृष्टिमा परेको थियो ।

तीन दशक माओवादीमा सर्वेसर्वा भैसकेका प्रचण्ड, त्यतिनै समयसम्म एमालेमा आालोपालो गरेर रजगज गरेका माधव नेपाल र झलनाथ खनाल, महत्वाकांक्षा र अधैर्यता यी तिनैमा भन्दा दोब्बर भए पनि आफ्नै अनेकन आत्मघाती फण्डाले गर्दा थचारिएका वामदेव गौतम रुपी कमजोर कडी चिन्न मोदी प्रशासनलाई समय लागेन । दुईतिहाई बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतेली शासक वर्ग निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति सन्तुलनमा पर्ने असरबारे भारतेली शासक वर्षसँधै सजग रहने भयो ।

वास्तव भारतको हालत उसको राष्ट्रिय पक्षी मयुरको जस्तै छ । भनाई नै प्वाँख हेरेर मयुर हाँस्छ, खुट्टा हेरेर मयुर रुन्छ । छिमेकीमाथिको थिचोमिचो, हप्कीदप्की र शान सौकत भारत रुपी मयुरको सबैलाई मख्ख पार्ने मनमोहक प्वाँख हो भने चरम गरिबी र धनी गरिब बीचको खाडल उसको दारुण र निर्बल खुट्टा हुन् । धनी गरिबबीचको यो खाडलको वास्तविकता र यसको कारकतत्व भारतेली शासक वर्ग हो भन्ने सच्चाई तब मात्र आम भारतीय जनतासम्म पुग्नेछ जब नेपाल समृद्ध हुनेछ । युरोप, अमेरिका, मलेसिया बनेर भारतलाई खासै फरक पर्दैन तर आम भारतीयले आफै देख्न सक्ने गरी छिमेकी देशको द्रुत विकास भयो भने भारतलाई हुल बाँधर आउन रुचाउने संकटले लपेट्ने छन् । यसैले छिमेकीको प्रगतिमा जसरी पनि भाँजो हाल्नै पर्ने भारतेली शासक वर्गलाई बाध्यता छ ।

बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतेली शासक वर्गको निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति सन्तुलनमा पर्ने असरबारे भारतेली शासक वर्षसँधै सजग रहने भयो ।

नेपाल बनेपछि भारतको विखण्डन अवश्यम्भावी छ भने ओली सत्तामा रहिरहे वा फेरि आए भने पुष्पकमल दाहाल र माधवकुमार नेपालको सान्दर्भिकता रहने छैन । त्यसैले मोदी, माओवादी र माधवको गठजोडको जरो र बाध्यताको गाँठो यहाँनेर परेको छ । षडयन्त्र ओली र एमालेविरुद्ध मात्र लक्षित छैन । नेपालको लय, गति, उन्नति र प्रगति विरुद्ध पनि केन्द्रित छ । यसरी यो गठजोडले एक तीर दूई शिरको नीति अवलम्वन गरिरहेको छ । २०४६ सालको जनआन्दोलनमा भारतीय सेना भित्र्याउन खोज्ने माधव नेपाल र विद्रोहीको खास्टो ओढेर खासमा उत्कर्षकालको नेपाली कांग्रेसविरुद्ध भारतको शरणमा पुगेर उसको भक्तियोगमा रहेका प्रचण्डको रगतमा भारतीय कुअन्नको प्रभाव छ । बेतिया थातथलो भएका माधवकुमार उपाध्यायको ‘नेपाल’ टाइटल जसको सिङ छैन उसको नाम तिखेको पुनरावृत्ति मात्र हो । भनिन्छ, सुगौली सन्धीमा हस्ताक्षर गर्ने चन्द्र शेखर उपाध्याय नै माधव नेपालका पूर्वज थिए । उनीहरु भारतको बेतिया गएर बसे । पिताजी मंगलप्रसाद उपाध्याय, भाइहरु सरोज उपाध्याय र विनोद उपाध्याय तर जेठा भाइ तिलकप्रसाद उपाध्यायउर्फ माधवको नामान्तमा मात्र नेपाल किन ? प्रचण्डको जीवनको महत्वपूर्ण समय र टर्निङ पोइन्ट पनि भारतको नोयडामा उनले पाएको शरण नै हो । नेपालका आन्द्राभुँडी भारतलाई बुझाउनकै निमित्त प्रचण्ड र माधवलाई भारतीय संस्थापनले युगदेखि युगसम्म कठपुतली बनाउदै र नचाउँदै आएको छ । यसो गर्नै पर्ने मोदी प्रशासनलाई बाध्यता छ । ओली नेतृत्वको नेपाल अल्पविकसित देशबाट विकासशील देशको स्तरमा चढेपछि भारतमा बहुसंख्यामा रहेका गरिव जनताको असन्तुष्टि विष्फोट हुने र त्यसलाई व्यवस्थापन भारतीय शासक बर्कत भन्दा बाहिर रहने निश्चित छ । किनकी भारतको गरिबी भयावह छ । धनी र गरिबबीचको खाडल कहालिलाग्दो भए पनि महाशक्ति बन्ने महत्वाकांक्षा पालेको देश पनि भारत नै हो । चतुर र सज्जनता बीचको खाडल बढी भएको मुलुक पनि भारत नै हो ।

अक्सफामको रिपोर्टअनुसार १ प्रतिशत भारतीय धनी वर्गसँग ७३ प्रतिशत सम्पत्ति छ । सन् १९९३ यताका २८ वर्षमा भारतको जनसंख्याको आधा हिस्सा अर्थात् ६७ करोड भारतीयको आर्थिक वृद्धि केबल १ प्रतिशत मात्र भयो । जनसंख्या वृद्धि भारतको अर्को गलगाँड हो । एक अध्ययन अनुसार भारतको जनगणनाको मापन र सामर्थ्यमा नै गम्भीर संदेह छ । करिब २० करोड हाराहारीमा रहेका भारतीय भीख माग्ने, खातेहरु, सुकुम्बासी, फिरंगाहरु, मुस्लिमहरु, अल्पसंख्यक दलितहरु तथा आदिवासीहरु, अस्थायी रुपमा विदेश गएका, माफिया एजेन्टहरु आदि भारतका हरेक जनगणना छुट्ने गर्दछन् । अक्र्सफोर्ड पोभर्टी एण्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभका अनुसार सन् २००९ मा भारतमा ४२ करोड जनता गरिब थिए । यही प्रतिवेदनले भन्छ, भारतको विहार, छत्तीसगढ, झारखण्ड, मध्यप्रदेश, उडिसा, राजस्थान, उत्तरप्रदेश गरी आठ वटा राज्यमा यति धेरै गरिब छन् कि जसका कारण विश्वमा सबैभन्दा गरिब भएका अफ्रिकाका २६ वटा मुलुकलाई भारत एक्लैले गरिबहरुको संख्याको हिसाबले उछिनेको छ ।

छिमेकी देशमा यस्तै जनसंख्या थोपरेर आफ्नो गलगाँड घटाउन भारत हदै प्रकारका हकर्तमा उत्रन खप्पिस छ । हाल नेपालका तराईदेखि हिमालसम्मका बस्तीहरु प्रति वर्ष भारतबाट भित्रिने यस्तै भारतीय मगन्ते, साधुसन्त, चोर, जादुवाल, जरिबुटि बेच्ने, नुनिया, हजाम, धुनिया, मोचीले ढाकिएका छन् । तराईका हरेक बस्तीहरुमा खुल्ला ठाउँमा, सडक किनारमा, नहर किनारामा, पुलपुलेसाका पेटीहरुमा पाल टाँसेर तथा छाप्रा बनाएर भारतीयहरु ओइरिएका छन् । यसरी नियोजित रुपले भारतको बोझ नेपाललाई बोकाइएको छ । यिनको रेकर्ड नेपालको कुनै पनि प्रशासनिक निकायसँग छैन । जुन ओली सरकारले क्षणिक प्रकारकै सही राजनीतिक स्थिरताको पोषण पाएर लिम्पियाधुराको खोजिनीति गर्‍यो, त्यही ओली सरकार रहिरहने हो भने नेपालका हनेकौं छिद्रहरु टाल्न सक्छ भन्ने त्रासमा थियो मोदी प्रशासन ।

सन् १९६२ मा चीनसँगको युद्धमा टिक्न नसकेर बहादुरिकासाथ पिठ फर्काइ भागेको भारतीय सेनाबाट अकारण अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेख र कालापानीको खोजिनीति गर्ने र आँखामा आँखामा जुधाएर डिल गर्ने हिम्मत देखाउने ओली र ओली ब्राण्डका देशभक्तलाई सत्ताबाट मात्र होइन जनताको दिलबाट, संझनाबाट र सके त यस धरतीबाटै हटाउने साजिस भएको छ । ओली सरकार रहिरह्यो भने नेपालमा सिक्किमीकरण, फिजीकरण र भूटानीकरणको भारतीय बहुआयामिक ब्यूहनीति र गेमप्लानको भण्डाफोर हुने देखेर मोदी, माओवादी र माधवको एम क्यु गठजोड सक्रिय बन्यो र ओलीलाई सत्ताबाट हटाउन सफल भयो ।

नेपालको अस्थिरताको धमिलो पानीमा आफूप्रति ‘कम्फरटेबल’, कठपुतली एवं कमजोर शासकहरुलाई बल्छी र जाल बनाएर भारतले धेरै स्वार्थ पूरा गर्नु छ । गरिबी र बढ्दो जनसंख्याको बोझ थोपर्नु छ । नेसनल काउन्सिल अफ एप्लाइड इकोनमिक रिसर्च भारतको तथ्याङ्कले भन्छ, सन् २००९ मा २० लाख परिवारका २२ करोड भारतीय गरिबीको अन्तिम तहमा रहेका थिए । सोही समयमा नेपालमा त्यो तहका गरिबको संख्या ३० लाख मात्र थियो । यति भएर पनि नेपालको गरिबीको भारतीय पक्षले गर्ने विश्वव्यापी हल्लाखल्ला तथा विज्ञापन र आफ्नो असली अनुहार लुकाउनलाई गरेको ढाकछोप कला आफ्नो आङको भैंसी नदेख्ने अर्काको आङको जुम्रो देख्ने सरहको छ । सन् २००९ मा १७ हजार भारतीय किसानले गरिबीका कारण आत्महत्या गरे । कोरोनाको कारणले सबै रिपोर्ट नआए पनि गरिबको संख्या ४३ करोडबाट बढेर ६७ करोड पुग्दा अहिले स्थिति अझै भयवह बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा सयमा ४३ जना बालबालिका कुपोषित छन् । भारतमा करिब ५ करोड ७० लाख बालबालिकाहरु कुपोषणबाट ग्रस्त छन् ।

नेपालमा भारतबाट आएर सिकर्मी ५० हजार, डकर्मी ९० हजार, हजाम १ लाख २० हजार, तरकारी र फलफूल विक्रेता ३ लाख ६५ हजार, कृषि श्रमिक ५ लाख गार्मेन्ट २८ हजार, ठेक्कापट्टा ८ हजार, पान पसल ८ हजार, जुत्ता सिलाउने मोची ६ हजार र अन्य १ लाख १७ हजार नेपालमा रोजगार गरी बसेका छन् । प्रश्न उठ्छ नेपाली पनि भारतमा रोजगारीमा छन् । भारतमा रोजगार गर्ने नेपालीको संख्या ५–६ लाख मात्र छ ।

भारत विश्वमा सबभन्दा बढी जनसंख्या भएको दोश्रो ठूलो देश हो । २२ अगस्ट सन् २०२१ को राष्ट्र संघीय डाटा अनुसार भारतको जनसंख्या १ अर्व ३८ करोड छ । नेपालको सिमाना जोडिएका पश्चिम बंगाल, बिहार उत्तरप्रदेश र युपीमा सन् २०१२ मा १० करोड घरबारविहीन, सुकुम्बासी, खाते, मगन्ते रहेका थिए । यो श्रमशून्य बोझपूर्ण जनसंख्याको अधिकतम हिस्सालाई नेपालमा स्थापित गराउन भारतीय व्युहनीतिमा नेपालको कम्फरटेबल कठपुतली झुण्डलाई प्रयोग गरिएको छ । भारतीय घुसपैठका आफ्नै भूमिमा नेपाली जनताको रोजगार खोसिएको छ । यसको मारमा सानामसिना व्यापारी परेका छन् ।

नेपालमा भारतबाट आएर सिकर्मी ५० हजार, डकर्मी ९० हजार, हजाम १ लाख २० हजार, तरकारी र फलफूल विक्रेता ३ लाख ६५ हजार, कृषि श्रमिक ५ लाख गार्मेन्ट २८ हजार, ठेक्कापट्टा ८ हजार, पान पसल ८ हजार, जुत्ता सिलाउने मोची ६ हजार र अन्य १ लाख १७ हजार नेपालमा रोजगार गरी बसेका छन् । प्रश्न उठ्छ नेपाली पनि भारतमा रोजगारीमा छन् । भारतमा रोजगार गर्ने नेपालीको संख्या ५–६ लाख मात्र छ ।

भारतबाट नेपालमा नेपालमा रोजगार गर्ने र यहाँ आएर स्थायी रुपमा बसोबास गर्नेको संख्या ६५ लाख नाघिसकेको छ । २०२७ सालदेखि २०३६ सालमा नेपालमा तराईको वन व्यापक फडानी भएको छ । त्यही मौका छोपी रअको सव्रिmयतामा युपी बिहारका गरिब र भोका नाङ्गालाई नेपाली जमिन दिइएको थियो । कांग्रेस नेतालाई पञ्चायत कालमा र प्रचण्डलाई द्वन्द्वकालमा आश्रय दिएको मूल्य स्वरुप नेपाल घुसेका भारतीयलाई नागरिकता दिन २०६३ सालमा नागरिकता विधेयक सास गराइयो । तराई भारतीयलाई बहुसंख्यक बनाउने भारतीय रणनीतिलाई ओली सरकारले गठन गरेको भूमि आयोग तगारो बनेको थियो । आयोगको नेतृत्व मात्र फेर्नु पर्नेमा देवी ज्ञवाली आयोग नै विघठन गरेर कठपुतली कम्फरटेबल सरकारले भारतेली शासक वर्गको सेवा गरेको छ ।

काश्मिर, लद्दाख जस्ता कम उब्जाऊ भूमि, नेपालको लिपुलेक र भुटानको गल्बान क्षेत्रमा सामरिक शक्ति देखाएर, नेपाल लगायतका छिमेकी देशमा अस्थिरता ल्याएर, सत्तापलटमा कलापूर्णढंगले होमिएर तथा त्यहाँ कठपुतलीलाई टिकाउन पैसाको खोलो बगाएर, निर्वल वाक्पटु र रणनीतिमा इतिहासमै कमजोर प्रतिपक्षबाट चुनावी लाभ उठाएर मोदी प्रशासन जमे जस्तो देखिए पनि भारतीय गरिबका लागि तारनहार बन्न सकेको छैन । यसकारण जनताको ध्यान अन्यत्रै मोड्नु पर्ने मोदीसँग बाध्यता छ ।

कुनै बेला कांग्रेसजनका लागि कालदण्ड मानिने प्रचण्ड र एमालेमा सीमाहीन शक्ति अभ्यास गरेका माधव नेपाललाई आज देउबाको चरणचुम्बन गरेर पनि ओलीमाथि बदला लिनु थियो । त्यसैले के खाउँ भन्छ ओढोर, कहाँ जाउँ बतास शैलीमा एम क्यु कनेक्सन संभव भयो । यो गठजोडको सबैभन्दा ठूलो कृत्य नेपाली जनताको चेतनासँग जिस्कनु हो । नाकाबन्दी विफल पारेकोमा नेपाली जनतालाई बदला लिने दाउमा रहेको भारतले प्रचण्ड र माधवमा लगानी ओइर्‍याएको छ । बिगतमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, शेरबहादुर देउबाले मध्यावधि घोषणा गर्दा प्रतिगमन नहुने यसपटक चुनावको घोषणादेखि अदालतको आदेशसम्मको मौन अवधि पनि प्रतिगमन हुने कसरी ? अदालतको निर्णय नै प्रभावित पार्ने गरी भएका प्रदर्शन, रक्तभोगी आन्दोलन र त्यहाँ खर्चिएको अपारदर्शी रकम जनताको अदालत, जनताको सर्वाच्चता, जनताको परीक्षकीय भूमिका माथिको अपमान र अनादर हो ।

जनतामा भन्दा विदेशी प्रभूको भर पर्ने प्रचण्डको विनाशकाले विपरीत बुद्धि उनको भावभंगीमा देख्न सकिन्छ । नेपाली जनतालाई गाली गर्न निन्दावर्षाको आड लिन र भारतीय प्रभू रिझाउन सरस्वती घुमाउन धक नमान्ने एक मात्र नेता पनि प्रचण्ड नै हुन् । नेपाली जति मेहनती जनता विश्वमा कहीँ पनि नभएकाले विश्व श्रम बजारमा नेपालीको इज्जत छ । प्रचण्ड भने अफिमको नसामा परेको क्रान्ति अघिको चीनको अवस्थाबारे माओको भनाई पैचो लिदै उहिलेको चीनमा आएको पानी हेरेर नेपालमा छाता ओढ्ने गल्ती गर्दै आफ्नो पार्टी सुकाइदिएको झोक पाख्तै जनतालाई गाली गर्छन्– “म त हामी नेतामा होइन, समस्या जनतामा देख्छु । तपाईहरु जनता अल्छी, तपाईहरु कामचोर, तपाईहरु लोभी । तपाईहरु पापी जस्तो । यसो भएपछि कसरी हुन्छ देशको प्रगति ।”

एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवापुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो । यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपूर कुण्ठा थियो । ओलीको सहासी नेतृत्वमा रहँदा एमाले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउबाको लुगा धुने तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन । ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरबको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ ।

भारतेली शासक वर्गको स्तुतिमा रचिएको प्रचण्डको ‘कम्फरटेबल’ साहित्यमा भने सारा भक्तिरस, लालित्य र सरस्वतीमाथि एकाधिकार जमाउने प्रयास गरिएको छ । भारतसँग हाम्रो सामाजिक, ऐतिहासिक, साँस्किृतिक, आर्थिक, नदीहरुको वहाब सबै कारणले निकता छ र ओलीलाई सत्ताच्युत पारेर काग्रेस, माओवादी, मधेसवादी र माधव खेमा सहितको गठबन्धन भारतका लागि कम्फरटेबल हुन्छ भनेर जुन साहित्य फुर्‍यो, त्यो साहित्य प्रचण्डको छद्म भारतभक्ति युगको अन्त्य खुलमखुला भारतभक्ति युगको सुरुवातको कोसेढुंगा हो ।

नाकाबन्दी कार्डलाई म्याद सकिएको औषधि सरह पार्न इतिहासले सचेत जनता र साहसी प्रधानमन्त्रीको उदय र उपस्थिति खोजिरहेको थियो । ओली नेतृत्वको नेपाल र नेपालीले भारतीय नाकाबन्दीको धामसलाई रद्दीको टोकरीमा मिल्काइदिएको बदला स्वरुप कठपुतली कार्डको प्रयोगमा भारत उत्रिएको छ । यस मोदी, माओवादी र माधव गठजोडको अन्तिम परिणति प्रचण्डबाट माधव ठगिनु, कांग्रेसवाट वामपन्थी ठगिनु र भारतबाट नेपाल ठगिनु हुनेछ । पञ्चतन्त्रको कथामा ठगिएकी बेश्याको कथा छ । धनाढ्य बुढो लोग्नेकी जवान श्रीमती तरुनो नोकरसँग घरको धनमाल चोरेर अँधरी रातको मौका छोपेर भाग्छे । ऐश आराम, भोगविलास र रसिकता भन्दा धन कमाउने दाउमा रहेको नोकर एक डाँका परेछ । डाँका तरुनी आइमाईका गहनापात, धनमाल राखिएको बाकस र पहिरिएका मूल्यवान लुगा कपडा खोसेर बाटो लाग्छ । तरुनो लोग्नेसँग झकास जिन्दगी बिताउने लोभले डाँकाको फन्दा परेकी आइमाई रातको समयमा अघोर जंगलमा अलपत्र पर्छे । प्रचण्डको सुम्सुम्याएर सिध्याउने ब्वाँसेनीतिको फन्दामा परेर माधव नेपालले आफुसहित एमालेलाई २०६४ सालमा ठगिएकी बेश्याको हालतमा पारेको धेरै भएको छैन ।

एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवापुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो । यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपूर कुण्ठा थियो । ओलीको सहासी नेतृत्वमा रहँदा एमाले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउबाको लुगा धुने तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन । ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरबको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ ।

कठपुतली गठबन्धन मातृभूमिलाई ठगिएकी बेश्याको हातलमा पुगाउन तन, मन र वचनले लागिपरेका छन् । जनताको चेतनासँग गरेको यो हँसिमजाक सत्तारुढ गठबन्धनले आफ्नै लागि खनेको चिहान हो ।