अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा नयाँ प्रमुख जिल्ला अधिकारी

काठमाडौंमा नयाँ प्रमुख जिल्ला अधिकारी


काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्दप्रसाद रिजाललाई लगिएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई लगिएको हो । पराजुलीलाई गृहमन्त्रालयमा तानिएको छ ।

रिजाल ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुख हुनुहुन्थ्यो । उहाँले मकवानपुर र दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसक्नुभएको छ ।