सुर्खेत-मालपोत कार्यालय सुर्खेतमा प्रक्रियाबिना नै आफूखुशी आफन्तलाई नियुक्ति गरेको पाइएको छ । निमित्त कार्यालय प्रमुख जनकबहादुर हमाल र लेखापाल राजबहादुर हमालको मिलेमतोमा दुई जनालाई नियुक्ति दिइएको खुलेको हो ।
निमित्त कार्यालय प्रमुखले भाइ नाता पर्ने प्रकाश शर्मालाई कम्प्युटर अपरेटरमा नियुक्त गर्नुभएको तथ्य फेला परेको छ । तर शर्मालाई हालसम्म हाजिरी गर्न भने दिइएको छैन । लेखापाल हमालको ठूलोबुबाको छोरा कमलबहादुर शाहीलाई कार्यालय सहयोगीमा नियुक्ति दिइएको छ ।
हिक्मत जंग शाहीको पालामा कम्प्युटर अपरेटरमा नियुक्त हुनुभएकी सुनिता चन्दलाई कामबाट हटाई जनक हमालले आफन्तलाई नियुक्ति गर्नुभएपछि बाहिर सतहमा आएको हो ।
सुनिता भन्नुहुन्छ, ‘मलाई थाहै नदिइ मेरो स्थानमा हाकिम सावले भाइलाई राख्नु गलत हो ।’ कम्तीमा काम गरिरहेकालाई सोध्नुपर्ने भन्दै उहाँले गुनासो गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘करारमा राख्ने नै भएको भए पनि कम्तीमा प्रक्रिया अपनाउनुपर्थ्यो । बिना विज्ञापन, सूचना नगरी आफन्त भर्ती केन्द्र बनाउन पाइँदैन भनेर मैले कार्यालय प्रमुखसामु नै आवाज उठाएको हो ।’








प्रतिक्रिया