अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीमा अदालतभित्र गोली चल्यो : तीन जनाको मृत्यु

दिल्लीमा अदालतभित्र गोली चल्यो : तीन जनाको मृत्यु


नयाँदिल्ली- भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको हो । दुई जना बन्दुकधारीले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए ।

ती दुई बन्दुकधारीले दिल्लीका ‘मस्ट वान्टेड ग्याङ्स्टार’ जितेन्द्र गोगीलाई गोली हानेका थिए । प्रहरीले दोहोरो गोली चलाउँदा ती बन्दुकधारी पनि मारिएका छन् ।

अदालतको २०७ नम्बर कोठामा उक्त घटना भएको थियो । जितेन्द्रलाई न्यायाधीशसमक्ष पेश गर्दा एक्कासी गोली चलेको थियो । त्यहाँ भएका व्यक्तिहरू आत्तिए भागदौड मच्चिएको थियो। जितेन्द्र गोगी सन् २०२० मार्चमा पक्राउ परेका थिए ।