काठमाडौं- नेकपा एमालेका नेता सूर्य थापाले माओवादी अध्यक्ष प्रचण्डमाथि युवाहरुलाई आत्महत्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन गरेको आरोप लगाउनुभएको छ ।
प्रचण्डले मार्क्सका छोरी ज्वाइँले गरेको आत्महत्या सही थियो भन्दै गरेको भाषणप्रति एमाले प्रचार विभागका उपप्रमुख थापाले आपत्ति जनाउनुभयो । थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भनेका छन् ।
थापाले भन्नुभएको छ, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्को हुन सक्दैन ।’






प्रतिक्रिया