जनकपुर- नेकपा एमाले प्रदेश २ संसदीय दलको नेतामा पुनः सांसद सत्यनारायण मण्डल चयन हुनुभएको छ ।
एमाले विभाजन भएपछि पहिलोपटक बिहीबार बसेको प्रदेश २ संसदीय दलको बैठबाट सर्वसम्मतले दलका नेतामा मण्डल र प्रमुख सचेतकमा किशोरी साह ‘कमल’ लाई चयन गरिएको हो ।
अहिले प्रदेश २ प्रदेशसभामा नेकपा एमालेका ९ सांसद छन् ।






प्रतिक्रिया