काठमाडौं- नेकपा एकीकृत समाजवादीमा पदको लोभमा पुगेकाहरू पुनः एमालेमै फर्किनेक्रम बढेको छ ।
काभ्रेमा माधवकुमार नेपाल आफैँ उपस्थिति भएर जिल्ला कमिटी घोषणा गर्दा जिल्ला कमिटीको उपसचिव हुनुभएको भक्त कुमारी लामा एमालेमै फर्किनुभएको हो । उहाँ नेकपा एमालेको बागमती प्रदेश किमिटीको सदस्यमा रूपमा पुनः क्रियाशिल हुनुभएको छ ।
काभ्रेमा समाजवादीमा लागेका केही नेताबाहेक धेरै स्थानीय नेता, कार्यकर्ताले एमाले नछाड्ने बताएका छन । उनीहरूले पदलोलुपहरूको पछि लागेर एमालेको अभियानलाई धोका दिन नसक्ने बताएका हुन् ।






प्रतिक्रिया