काठमाडौं- आइतबार प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम हल्का पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको देखिन्छ ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम पर्ने सम्भावना रहेको छ । यस्तै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । यस्तै प्रदेश १ तथा प्रदेश २ का थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।






प्रतिक्रिया