अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोदावारीमा स्नेह सायमीको कविता : पैताला र भुइँ

गोदावारीमा स्नेह सायमीको कविता : पैताला र भुइँ


पैतालाले
आफैं उभिने भुइँलाई
आफ्नो प्रतिस्पर्धी नठाने हुन्छ
भुइँमाथि टेकेर
भुइँकै विरुद्ध नलागे हुन्छ ।

पैताला बजारेर
भुइँ हल्लिएको होइन
भुइँ हल्लिएको क्षण
पैतालाहरु बजारिने हुन
भुइँमाथि
भुइँ छ र पो पैतालाहरु
टेकिरहेछन्
नभएको भए भुइँ
पैतालाले कहां टेक्थ्यो
कसलाई बोक्थ्यो
कस्तो जुत्ता लगाउँथ्यो ?

पैतालाले
आफै उभिने भुइँलाई
आफ्नो प्रतिस्पर्धी नठाने हुन्छ
भुइँमाथि टेकेर
भुइँकै विरुद्ध नलागे हुन्छ ।