काठमाडौं– काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो ।
अहिले पानी पर्न रोकिए पनि बेलुकापख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो । यस्तै, अक्टोबर महिना लागिसकेकाले अहिले पोस्ट मनसुनको जस्तो गतिविधि पनि देखिन थालेकाले अचानक बादल बनेर ठूलो पानी पर्न थालेको उहाँको भनाइ छ ।
पोस्ट मनसुनमा स्थानीय वायुको प्रभावका कारण एकैछिनका पानी पार्ने बादल विकसित हुने भएकाले पूर्वानुमान गर्न कठिन हुने मौसमविद्ले बताउँदै आएका छन् ।






प्रतिक्रिया