अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौविसेमा बसले ठक्कर दिंदा एकको मृत्यु

नौविसेमा बसले ठक्कर दिंदा एकको मृत्यु


धादिङ- रसुवाबाट काठमाडौं जादैँ गरेको यात्रु बसले शुक्रबार धुनिबेशी नगरपालिका–७, नौविसेमा ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।

बा ५ ख ६१५१ नम्बरको यात्रुबसले पैदलयात्री धुनिबेशी नगरपालिका–७ का ४० वर्षीय ज्ञानसागर लामालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक जागेश्रवर भण्डारीले बताउनुभयो ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घनापछि मृतकका आफन्तले राजमार्गमा अवरोध गरेका छन् ।