अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ हुन्छ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना

नेपालमा न्यून चापीय प्रणालीको प्रभाव, कहाँ कहाँ हुन्छ वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना


काठमाडौं- देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर सबै प्रदेशका थोरै-थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।