अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घुँडामुनी हानेको त टाउको मै लागेछ कि के हो ? : योगेश भट्टराई

घुँडामुनी हानेको त टाउको मै लागेछ कि के हो ? : योगेश भट्टराई


काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले ट्वीटर मार्फत कडा प्रतिक्रिया दिनुभएको छ ।

महाधिवेशन लक्षित प्रचार विभागको पहिलो पत्रकार सम्मेलनमा माधव नेपालको नेकपा एकीकृत समाजवादी अबैध गर्भाधानबाट जन्मिएकोले एमालेको निमन्त्रणा पाउन अयोग्य रहेको बताएका भट्टराईको भनाइमा व्यापक प्रतिक्रियाहरू आएपछि उहाँले ट्वीटर मार्फत थप कडा प्रतिक्रिया दिनुभएको हो ।

‘घुँडामुनी हानेको त टाउको मै लागेछ कि के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !,’ उहाँको भनाइ छ ।