अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँस्कृतिक विविधतालाई द्वन्द्वको अवसरको रुपमा दुरुपयोग गर्ने प्रयास भयोः अध्यक्ष ओली

साँस्कृतिक विविधतालाई द्वन्द्वको अवसरको रुपमा दुरुपयोग गर्ने प्रयास भयोः अध्यक्ष ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँस्कृतिक विविधतालाई द्वन्द्वको अवसरको रुपमा दुरुपयोग गर्ने प्रयास भएको बताउनुभएको छ ।

नेपाल सम्बत् ११४२ का अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले नेपाल विविधतायुक्त मौलिक परम्परा भएको राष्ट्र भएकोसमेत उल्लेख गर्नुभएको छ । ‘एकतको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधार स्तम्भका रुपमा आत्मसात गरेका छौं,’ उहाँले भन्नुभएको छ ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले संविधान कार्यान्वयनका सबै काम पूरा गरेको उल्लेख गर्नुभएको छ ।