अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना विरुद्धको खोप बालबालिकालाई अनिवार्य गर्ने विश्वकै पहिलो मुलुक बन्यो कोस्टारिका

कोरोना विरुद्धको खोप बालबालिकालाई अनिवार्य गर्ने विश्वकै पहिलो मुलुक बन्यो कोस्टारिका


कोभिड-१९ विरुद्धको खोप बालबालिकालाई अनिवार्य गर्ने विश्वकै पहिलो मुलुक कोस्टारिका बनेको छ । बालबालिकालाई नियमित दिइने खोपको सूचीमा कोभिड-१९ विरुद्धको खोप पनि राखिएको छ ।

सन् २०२२ को मार्चबाट १२ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन आवश्यक खोपको व्यवस्था गर्न कोस्टारिकाले खोप निर्माता फाइजरसँग सम्झौता नै गरेको छ ।

गत साता अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले ५ वर्षदेखि ११ वर्षका बालबालिकालाई कोभिड विरुद्ध फाइजर खोप दिन अनुमति दिइसकेको छ ।

कोस्टारिकाले फाइजरसँग ३५ लाख मात्रा खोप लिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । त्यस मध्ये १५ लाख डोज ५ देखि ११ वर्षका बालबालिकाका लागि छुट्याइनेछ ।

बाँकी खोप यस अघि नै पूर्ण खोप लगाएका असक्त र जेष्ठ नागरिकलाई तेस्रो डोज दिइने जनाइएको छ । कोस्टारिकामा खोप दिन योग्य उमेरका ५५ प्रतिशत नागरिकले पूर्ण खोप लगाइसकेका छन् ।