काठमाडौं- आज २४ कात्तिक, बुधबार । तद्अनुसार १० नोभेम्बर । कात्तिक शुक्लपक्ष षष्ठी तिथि । आज सूर्यको उपासना गर्ने मुख्य पर्व छठ । आज विशेषगरी नेपालको तराई क्षेत्रमा विशेष उत्साहका साथ छठ मनाउने गरिन्छ । कात्तिकमा गरिने दानको समेत विशेष महत्व छ ।
चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, वज्र योग छ । आज सूर्य उदय ६ः२२ र सूर्यास्त १७ः१२ मा हुनेछ । देवता नाग र ग्रहदेव वृहस्पति रहेको छ । छठ भनेको षष्ठ शब्दको तद्भव हो । प्रकृतिदेवीको छैटौं अंश जो हुन यिनलाई षष्ठीदेवी भनिन्छ । उदाउदो र अस्ताउने सूर्यको उपासना गर्ने यो पर्व प्रकृति र साक्षात देवता सूर्यको उपासना गर्ने पर्व हो ।
भनिन्छ, हरेक दिन विहान सूर्यको दर्शन गर्नाले मनका इच्छा पूरा हुन्छ । छठ पर्वका दिन गरिने सूर्य उपासना पनि विशेष कार्य हो ।







प्रतिक्रिया