अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै

अझै नियन्त्रणमा आएन कपिलवस्तुको हैजा, साढे दुई लाख डोज खोप लगाइँदै


कपिलवस्तु – कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ ।

हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो ।

कृष्णनगर नगरपालिकामा १८ असोजदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ । यी स्थानका एक वर्षदेखिमाथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।

साढे दुई लाखलाई हैजाविरुद्धको खोप

विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि दुई लाख ५२ हजार ३६३ भाइल खोप उपलब्ध गराउने भएको हो । खोप आइतबार नै काठमाडौं आइपुगेको छ । जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । कोटाअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार ७८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार १५६, कृष्णनगर नगरपालिकामा ६० हजार ७४३, शिवराज नगरपालिकामा ६४ हजार ७७८ र विजयनगर गाउँपालिकामा ३५ हजार ९०३ डोज खोप वितरण हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो ।

शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउनेसँगै नियन्त्रणका योजना पनि बनाएको हैजा प्रभावित शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।

खोप लगाउन चुनौतिपूर्ण

हैजा प्रभावित क्षेत्रमा खोप खुवाउनु निकै चुनौतिपूर्ण रहेको छ । मधेसी समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा स्वास्थ्य तथा सरसफाइलाई धेरै महत्व नदिने हुनाले खोप कार्यक्रम निकै चुनौतिपूर्ण हुने अनुमान छ । प्रभावित क्षेत्रमा खोप लगाउन प्रोत्साहन गर्न जिल्ला खोप समन्वय समितिले १४ योजना निर्माण गरेको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताउनुभयो ।

हैजाको उपचार गर्न अस्पताल आउने घटे

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आइतबार साँझ ६ बजेसम्म शिवराज अस्पताल बहादुरगन्जमा एक हजार ३७१ जना, बैदौली स्वास्थ्य चौकीमा ९० जना र शिवराज आधारभूत अस्पतालमा ६ जना उपचारको लागि भर्ना भएका थिए । हैजाका कारण जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । अस्पतालमा भने अहिलेसम्म कसैको ज्यान नगएको स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक छ । ‘केही दिन कम भएको थियो, तिहारपछि औसत ६ जना बिरामी दैनिक उपचारका लागि आउने गरेका छन्, २८ कात्तिकदेखि उपचारका लागि आउने बिरामी शून्य रहेको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताउनुभयो ।

यता, ग्रामीण क्षेत्रका बस्तीहरूमा हैजाका लक्षण देखिएका बिरामी छिटपुट मात्र देखिने गरेको कालिका स्वावलम्बन सामाजिक केन्द्रका सामुदायिक परिचालक पृथ्वीपाल तेलीले बताउनुभयो ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उहाँ भन्नुहुन्छ, ‘मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत गर्दैनन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैन, यसले मधुमेह बनाउँछ ।’