अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, पुन: संक्रमणको जोखिम उच्च

दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’, पुन: संक्रमणको जोखिम उच्च


काठमाडौं – विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट कोरोना भाइरस पत्ता लगाएको छ । विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा हालै फेला परेको कोभिड-१९ को नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको हो । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ समेत भएको जनाएको छ ।

‘बि.१.१.५२९’ समेत भनिने ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुन: संक्रमण हुने जोमिख रहेको बताएको छ । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ।

नयाँ भेरियन्ट पत्ता लागेको समाचार बाहिर आएलगत्तै युरोपेली युनियन र बेलायतले दक्षिण अफ्रिकी मुलुकबाट हुने हवाई यात्रामा प्रतिबन्ध लगाएका छन् । त्यस्तै, अमेरिकाले समेत दक्षिण अफ्रिकासहित अन्य मुलुकबाट हुने हवाई यात्रामाथि प्रतिबन्ध लगाउने भएको छ ।

भारतले समेत दक्षिण अफ्रिका, बोत्स्वाना र हङकङबाट आउने यात्रुको कडा स्क्रिनिङ र परीक्षण गरिने बताएको छ ।