अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटमा बार पदाधिकारी : प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन हारगुहार

बार पदाधिकारीलाई अध्यक्ष ओलीको जवाफ, ‘तपाईंहरुले २५ प्रतिशतमात्रै उठाउनुभयो, १०० प्रतिशत बनाउनुस्’

बार पदाधिकारीलाई अध्यक्ष ओलीको जवाफ, ‘तपाईंहरुले २५ प्रतिशतमात्रै उठाउनुभयो, १०० प्रतिशत बनाउनुस्’


काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल बार एसोसिएसनले उठाएको माग २५ प्रतिशतमात्रै रहने टिप्पणी गर्नुभएको छ ।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने माग राखेका बार पदाधिकारीलाई अध्यक्ष ओलीले परमादेशको फैसला गर्ने सबै न्यायाधीशसमेत दोषिको भागिदार हुने संकेत गर्नुभएको छ । उहाँले न्याय क्षेत्र सुधारका लागि समग्र तयारी हुनुपर्नेसमेत उल्लेख गर्नुभयो ।

प्रचण्डको नाम नलिइ अध्यक्ष ओलीले दोहोरो चरित्र भएका नेताहरुले दिएको आश्वासनमा विश्वास नगर्नसमेत भन्नुभएको छ । ‘मसँग दुई तिहाइ छैन, हामी निर्णायक छैनौं,’ उहाँले भन्नुभयो, ‘तर डबल गेम खेल्ने नेताहरुले हामीलाई बाधा जस्तो भन्नुभएको छ, उहाँहरु चलाख हुनुहुन्छ डबल गेम खेल्नुहुन्छ ।’

न्याय क्षेत्र ध्वस्त भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘स्वतन्त्र न्यायालयको निकै कुरा ग¥यौं, निष्पक्षता र स्वच्छता भएन भने त्यो स्वतन्त्रता दुरुपयोग भएर अहिलेको अवस्था आउँछ ।’ न्यायालयप्रति बोल्न नपाउँदा यस्तो स्थिति आएको बताउँदै उहँले स्वतन्त्रताको सदुपयोग हुनुपर्नेमा जोड दिनुयो ।