भक्तपुर – युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले भक्तपुर जिल्लाका युवा संघ सदस्य राजु श्रेष्ठको हत्या प्रकरणको सत्य-तथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्नु भएको छ ।
राजु श्रेष्ठको हत्या काण्डको सत्य-तथ्य पत्ता लगाउन र दोषीलाई कडा कारबाहीको माग गर्न आज आयोजित दबाबमूलक कार्यक्रममा बोल्दै पौडेलले प्रहरीले औपचारिक रूपमा प्रहरीले घटनालाई थामथुम पार्न खोजेको बताउनुभयो । उहाँले घटनामा दुई जनाभन्दा बढीको सम्लग्नता रहेको भन्दै घटनालाई थप खोज-अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
युवा संघका जिल्ला कमिटी सदस्य श्रेष्ठको मंसीर २१ गते राती सुर्यविनायक नगरपालिका बालकोटस्थित हनुमन्ते पुल नजिकै विभत्स हत्या गरी फ्यालिएको अवस्थामा शब भेटिएको थियो ।
भक्तपुर युवा संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतद्वारा हस्ताक्षर सहित विज्ञप्तीमा युवा संघले हत्या जे र जुनसुकै बहानामा गरिएको भएता पनि तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गरेको छ ।
देशमा राजनीतिक संकट गहिरिदै जाँदा समाजमा हत्या र बलात्कार जस्ता घटना बढदै जान थालेको भन्दै युवासंघले देशमा शान्तिसुरक्षा र नागरिकको जनधनको सुरक्षाप्रति सरकारको उदासीनता नांगिएको बताएको छ । नेपाल सरकारको शान्ति, सु–व्यवस्था तथा सम्मान र शान्तिपूर्ण तवरले बाँच्न पाउनुपर्ने नागरिकहरुको मौलिक हकप्रतिको निरीहता र उदासिनता उदागिएको युवा संघले जनाएको छ । युवा संघले समाजका एक असल युवा र राष्ट्रिय संघ नेपालका होनहार योद्धा गुमाउनु परेकोभन्दै दुःख व्यक्त गरेको छ ।







प्रतिक्रिया