अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किरण गुरुङलाई संघीय मामिला तथा स्थानीय विभाग

किरण गुरुङलाई संघीय मामिला तथा स्थानीय विभाग


काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले संघीय मामिला तथा स्थानीय विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

भक्तपुरमा दुई दिनसम्म बसेको केन्द्रीय कमिटी बैठकले गुरुङलाई संघीय मामिला तथा स्थानीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

संघ तथा स्थानीय तहसँगको पार्टी समन्वय तथा संगठन परिचालनका लागि विभागलाई महत्त्वपूर्ण मानिन्छ । तीनै तहको निर्वाचनको पूर्वसन्ध्यामा गुरुङले चुनौतीपूर्ण विभाग पाउनुभएको हो ।

गुरुङ संघीय सरकार तथा प्रदेश सरकारको मन्त्री भएर काम गरिसक्नुभएको छ ।