अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारी कलेजको भवन मेयर विद्यासुन्द शाक्यद्वारा शिलान्यास

मदन भण्डारी कलेजको भवन मेयर विद्यासुन्द शाक्यद्वारा शिलान्यास


काठमाडौँ – अनामनगरस्थित मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज काठमाडौँ महानगरका नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको छ । उक्त भवन काठमाडौँ महानगरपालिकाको सहयोगमा निर्माण हुन लागेको हो ।

दुई दशकअघि मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु.९ करोडको लागतमा चारतल्ले भवन बन्न लागेको हो । काठमाडौँ महानगरले रु.पाँच करोड सहयोग गरेको छ ।

मदन भण्डारी मेमोरियल कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अंग्रेजी लगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी रहेको कलेज प्रमुख डम्बरबहादुर हमालले बताउनुभयो ।