अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलापछि स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोकाद्वारा पदभार ग्रहण

सर्वोच्चको फैसलापछि स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोकाद्वारा पदभार ग्रहण


काठमाडौँ – युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई सर्वोच्च अदालतले कोषमा नै काम गर्ने गरी अन्तरिम आदेश दिएसँगै सोमबार कार्यभार सम्हानु भएको छ।

उपाध्यक्ष रोकाले सरकारले राजनीतिक पूर्वाग्रह राखेर हटाएको भए पनि सर्वोच्च अदालतले न्याए दिएको बताउनुभयो । उहाँले बेरोजगार युवालाई स्वरोजगार बनाउने कामदेखि त्रसिएर आफूलाई हटाएको बताउनुभयो । उपाध्यक्ष रोक्काले भन्नुभयो, ‘केपी शर्मा ओली सरकारले कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेपछि धेरै काम भएको थियो ।’

उपाध्यक्ष रोका भन्नुहुन्छ- ‘स्वरोजगार कोषले मुलुकमा भएका बेरोजगार युवालाई स्वरोजगार र उद्यमी बनाउने साथै उद्यमशिलताको काम सिकाउने काम गर्‍यौं । ७० जिल्लामा स्वरोजगार कोषको संरचना बनायौं । यसरी सयौं युवा उद्यमी बनेकाले यस्तो लोकप्रिय देखेर गठबन्धन सरकारले राजनीति पूर्वग्राह राखेर मलाई कोषबाट हटाएको थियो । तर, सर्वोच्च अदालतले मलाई न्याय दिएको छ । अब स्वरोजगार कोषले पहिला जुन गतिमा काम अगाडि बढाएको थियो । त्यो भन्दा अझ चाडो काम गर्ने छु । कोषले आफूसँग भएको सम्पूर्ण स्रोत र साधनको भरपुर प्रयोग गरेर वेरोजगार युवालाई उद्यमी बनाउन अग्रसर हुन्छ ।’

डा. रोकालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ भदौ १५ गते नियुक्त गरेको थियो । तर, ओली सरकार ढलेसँगै वर्तमान देउवा सरकारले २०७८ कात्तिक ७ गते कोषबाट हटाएको थियो । वर्तमान सरकारले आफू माथि अन्याय भएको भन्दै रोक्काले सर्वोच्च गएका थिए ।