अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग

अपाङ्गता भएकी महिलालाई एक लाख सहयोग


पाल्पा – जापानी समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले अपाङ्गता भएकी एक महिलालाई रु.एक लाख सहयोग गर्नुभएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरकी तारा अर्याललाई उहाँले उक्त सहयोग गर्नुभएको हो ।

एक कार्यक्रममा उक्त सहयोग अर्याललाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले अपाङ्गता भएकी महिलालाई आर्थिक सहयोग गरेकामा काकिमीलाई धन्यवाद दिनुभयो । अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मान र अवसर दुवै आवश्यक भएको उहाँको भनाइ थियो ।

काकिमीले पाल्पामा शिक्षा तथा खानेपानीमा नागरिकको पहुँच विस्तारका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ ।