अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन

खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको साँफेबगरमा विमोचन


अछाम – खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । साँफेबगर नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी पुस्तकको बिमोचन गरिएको हो ।

साफेबगर नगरपालिका-२ सिद्धेश्वर निबासी यमराज कुँवरद्वारा लिखित खप्तड बाबा प्रेरक सन्यासी पुस्तकको बिमोचन गरिएको छ । पुस्तकमा १६ वटा शीर्षकका खप्तड बाबाका बारेमा लेखिएको छ ।

पुस्तकका लेखक यमराज कुँवरले खप्तड बाबाले खप्तडलाई चिनाउन धेरै ठूलो योगदान गरे पनि उहाँको योगदानको कदर हुने खालको सुदूरपश्चिमका कुनै पनि कार्यक्रम हुन नसकेको बताउनुभयो। खप्तड बाबाका बारेमा अनेकौ प्रश्न र जिज्ञासाहरु रहेकाले केही हदसम्म यो पुस्तकले मेटाउने बताउनुभयो ।

साँफेबगर नगर प्रमुख कुँवरले खप्तड बाबाको सम्झनामा अहिलेसम्म कुनै पनि विचार गोष्ठी र श्रद्धाञ्जली सभाकोसमेत आयोजना गर्न नसक्नु दुस्खद भएको बताउनुभयो । खप्तड बाबाबो प्रेरक भनाईहरु सबैले अनुशरण गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।

उहाँले खप्तड बाबाप्रति धेरै भ्रमहरु रहेकाले यस बारेमा अझै धेरै अध्ययन अनुन्धान हुन जरुरी रहेको बताउनुभयो । पुस्तक बिमोचनसँगै सुदूरपश्चिमकै ऐतिहासिक एउटा सम्पत्ति जोडिएको टिप्पणी गरिएको छ ।