अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष जुवा खालबाट पक्राउ


जाजरकोट- जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र नेपाली कांग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढा पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिनुभयो ।

भेरीनगरपालिका-४ गैरीखालीबाट आज बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार नगदसमेत बरामद भएको एसपी श्रेष्ठले बताउनुभयो ।