अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन

लमजुङमा आठ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन


लमजुङ – लमजुङमा आठ हजार २६९ जनाले राष्ट्रिय परिचयपत्रका लागि व्यक्तिगत विवरण दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालयबाट २०७७ साउन ३१ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु गरिएको हो । ४ हजार ७२८ पुरुष र ३ हजार ५४१ जना महिलाले राष्ट्रिय परिचयपत्र बनाएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जगदीश मिश्रले बताउनुभयो ।

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि हालसम्म २ हजार ८८९ जनाले जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जसमध्ये १ हजार ७२९ जना पुरुष र १ हजार १६० जना महिला रहेका छन् । सूचना अधिकारी मिश्रका अनुसार गत आर्थिक वर्षमा पाँच हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र बनाएका थिए । जसमध्ये २ हजार ३८१ महिला र २ हजार ९९९ पुरुष रहेका छन् ।

चार-चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिएता पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न नसकेको मिश्रको भनाई छ । लमजुङमा डेढ वर्षअघि गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारीले राष्ट्रिय परिचयपत्र बनाउँदै अभियानको सुरुवात गरिएको हो । सोही समयदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका नागरिकहरूले अहिलेसम्म पनि राष्ट्रिय परिचयपत्र पाएका छैनन् ।

१६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र बनाउन पाउनेछन् । परिचयपत्रमा व्यक्तिगत र जैविक ९बायोमेट्रिक० गरी दुई विवरण ‘इन्ट्री’ गरिनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्रका लागि नेपाली नागरिकता अनिवार्य चाहिने र राहदानी निकाल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।