अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ मा २७२ मा कोरोना सङ्क्रमणको पुष्टि

प्रदेश-१ मा २७२ मा कोरोना सङ्क्रमणको पुष्टि


विराटनगर – प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७३४ को पीसीआर परीक्षण गर्दा २३३ र २८१ को एन्टीजेन परीक्षण गर्दा ३९ मा कोरोना सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १४५, सुनसरीमा ३९, झापामा ३१, भोजपुर र पाँचथरमा एक–एक र प्रदेश  बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ११९, बूढीगङ्गामा १३, सुनवर्षी र बेलबारीमा तीन-तीन, उर्लाबारी र सुनवर्षीमा दुई-दुई, कटहरी, धनपालथान र रतुवामाईमा एक÷एक, सुनसरीको धरानमा १६, इटहरीमा ११, इनरुवामा पाँच, रामधुनीमा दुई, बर्जु र दुहवीमा एक-एक र स्थानीय तह नखुलेका तीन, झापाको मेचीनगरमा २०, विर्तामोडमा पाँच, भद्रपुर र कनकाईमा दुई-दुई, अर्जुनधारा र दमकमा एक-एक, भोजपुरको षडानन्द र पाँचथरको फिदिममा एक-एक र प्रदेश  बाहिरका १६ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आज १० महिलासहित २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५९७ रहेको मन्त्रालयले जनाएको छ।