अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा हावाको वेग झै फैलियो कोभिड, २४ घण्टामा साढे दुई लाख संक्रमित

भारतमा हावाको वेग झै फैलियो कोभिड, २४ घण्टामा साढे दुई लाख संक्रमित


नयाँ दिल्ली – भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन्। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ ।

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ ।

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घण्टामा साढे २७ हजारको मृत्यु भएको छ ।

एजेन्सी