अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोस्रो पटक प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

दोस्रो पटक प्रधानमन्त्री देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उहाँले फेरि परीक्षण गराउनुभएको थियो । उहाँको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रचण्डलाई कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा छन् भने त्यस लगत्तै प्रधानमन्त्रीको कोरोना जाँच गरिएको थियो ।

एक साता भित्र नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।