अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ मा ३२० मा कोरोना सङ्क्रमण

प्रदेश-१ मा ३२० मा कोरोना सङ्क्रमण


पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश-१ मा ३२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पिसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ । पिसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११, झापामा १९, धनकुटामा तीन र प्रदेश बाहिरका १० जनामा सङ्क्रमण भएको हो।

स्थानीय पालिकाअनुसार मोरङको बूढीगङ्गामा आठ, रङ्गेली र सुन्दरहरैचामा दुई–दुई, ग्रामथान, उर्लाबारी, कटहरी र पथरी शनिश्चरेमा एक–एक, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा चार, दुहबी र हरिनगरमा दुई–दुई, इनरुवा र स्थानीय तह नखुलेका एक–एक, झापाको भद्रपुरमा पाँच, विर्तामोडमा तीन, मेचीनगरमा दुई, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।